बैशाख २५, २०८२ बिहीबार

लायन्स ब्याडमिन्टनको फाइनलमा चार टिम

बिर्तामोड । झापास्थित बिर्तामोडमा जारी झापा जिल्ला स्तरीय प्रथम लायन्स ब्याडमिन्टन प्रतियोगितामा चार टिम फाइनलमा पुगेका छन् । लायन्स क्लब अफ अनारमनिको आयोजनामा भएको जिल्ला स्तरीय प्रतियोगिताको खुल्ला तर्फ प्रमिस सिंह ठकुरी, महेन्द्र श्रेष्ठ र सुदेन राई तथा प्रकाश राई फाइनलमा पुगेका हुन् ।

आईतबार भएको अन्तिम क्वाटरफाइनल खेलमा विषम राई र ध्रुव दाहालको टिमलाई प्रमिस सिंह ठकुरीको टिमले पराजित गरेको थियो भने चाणक्य पाठक र नवीन सिलवालको टिमलाई सुदेन राई र प्रकाश राईको टिमले पराजित गरेको थियो । यस्तै भेट्रान तर्फ इन्द्रजीत मुखिया र राजकुमार घिमिरेलाई पराजित गर्दै देउकुमार राई र गङ्गा फेदावेले फाइनलको यात्रा तय गरेका छन् ।

त्यस्तै कुलदीप चौधरी र रुद्रबहादुर सारु मगरलाई पराजित गर्दै सञ्जय भक्तराज र कुमार गिरी फाइनलमा प्रवेश गरेको आयोजक समितिका अध्यक्ष शैलेन्द्रकुमार कन्दङ्वाले जानकारी दिए । फाइनल खेल सोमवार बिहान ७ बजेबाट हुने बताइएको छ ।

बिर्ता व्याडमिटन क्लबको कवडहलमा भइरहेको प्रतियोगिताका खुल्ला डबलका विजेताले नगद २० हजार, उपविजेताले नगद १५ हजार र तेस्रो हुने टिमले नगद पाँच हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउने छन् । त्यस्तै भेट्रान डबलका विजेताले नगद १५ हजार र उप विजेताले नगद १० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन २५, २०७६ आईतबार  ६ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]