रुमालमा लुकाएर ल्याएको १६ ग्राम ब्राउन सुगर सहित एक पक्राउ
बिर्तामोड । रुमालमा लुकाएर ल्याएको १६ ग्राम ब्राउन सुगर सहित धरानका कृष्ण दास दर्जीलाई प्रहरीले पक्राउ गरेको छ । धरान–८ का २६ वर्षीय दर्जीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले आज दिउँसो पक्राउ गरेको हो ।

झापाको मेचीनगर–६ स्थित काँकरभिट्टामा चेकजाँचका क्रममा ब्राउन सुगर भेटिएपछि थप अनुसन्धानका लागि इप्रका काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।