पानीटंकी नाका बन्द हुने हल्ला मात्रै
बिर्तामोड । कोरोना संक्रमणका कारण झापासँग जोडिएको पानीटंकी नाका बन्द हुने हल्ला गलत भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी राजेन्द्र पोखरेलले जानकारी दिएका छन् ।

उनका अनुसार हालसम्म त्यस्तो सूचना नआएको र अन्य दिन सरह सामान्य रुपमै आवातजावत भइरहेको छ । दिल्लीमा स्कुल कलेज सबै बन्द भएपछि पूर्वी नाका काँकरभिट्टा जोडिने पानीटंकी नाका बन्द हुने हल्ला चलेको थियो ।
झापा जिल्लामा भारत सरकारले पानीटंकी नाका बन्द गर्ने हालसम्म आधिकारिक सूचना नआएको बुझिएको छ । हल्लाको पछि लागेर थप भ्रम सिर्जना नगर्न सरोकारवालाले आग्रह समेत गरेका छन् ।