बैशाख २५, २०८२ बिहीबार

बिर्तामोडका मेहनती ७० जना पशुपालकलाई अनुदानमा कुटी काट्ने मेसिन

बिर्तामोड । बिर्तामोड नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाले मेहनती ७० जना किसानलाई कुटी काट्ने मेसिन (च्यापकटर) उपलब्ध गराएको छ । नगरपालिका र सहारा नेपाल साकोसले पशुपालक किसानलाई कुटी काट्ने मेसिन आज एक कार्यक्रमका विच वितरण गरेको छ ।

नगरपालिकाको परिसरमा आयोजना गरिएको वितरण कार्यक्रममा सहभागी किसानलाई यसको महत्व र नगरको योजना बुझाएर उक्त सामग्री वितरण गरिएको छ । नगरपालिकाको ५० र सहारा नेपालको २० थान मेसिन नगरप्रमुख धु्रवकुमार शिवाकोटीले किसानलाई हस्तान्तरण गरेका छन् ।

वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख शिवाकोटीले पशुपालनमा किसानलाई प्रोत्साहन गर्न मेसिन वितरण गरिएको जानकारी दिए । उनले नगरमा ६ सय ८७ किसानको आवेदन परेको बताए । शिवाकोटीले भने – ‘वास्तविक किसानलाई मेसिन दिएका छौं । उन्नत गाई पाल्नुहोस्, गोवर ग्यास चलाउनुस् र शुद्ध दुध बजारमा पु¥याउनुहोस् ।’ अब कसैले दुधमा पानी हाल्नु भयो भने पानी हाल्नेलाई भयानक रोग लाग्ने मेयर शिवाकोटीको भनाई छ । नगरको मुल लक्ष्य भनेको विषादी मुक्त र प्रदुषणमुक्त हो, मेयरले भने ।

कार्यक्रममा वडाध्यक्ष पवित्रा पाठकले किसानले पाएको अनुदानको सामग्रीमा माकुरोको जालो नलगाउन आग्रह गरकी छन् । यदि जालो लाग्यो भने अर्को पटक अनुदान पाइनेछैन, पाठकले थपिन् । मेसिन पाउने किसान नन्दु उप्रेतीले वास्तविक किसानलाई पहिचान गरेर सामग्री प्रदान गरेकामा नगरलाई धन्यवाद दिएका छन् । कतिपय ठाउँमा गोठ नभएकालाई पनि यस्ता मेसिनमा दिएर अनुदानको दुरुपयोग भएको सन्दर्भ सुनाएका छन् । उनले भने, ‘हामी अनुदानमा पाएको सामग्रीको सदुपयोग गछौं । अझै गाई थप्छौं ।’

प्रकाशित मिति : फाल्गुन ३०, २०७६ शुक्रबार  १२ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]