पत्रकार तिवारीको ‘अटो रिक्सामा’ सार्वजनिक
बिर्तामोड । ‘अटोरिक्सामा’ नामक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतकार चूडामणि पौडेलद्धरा रचना गरिएको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । उनी बजाज कम्पनीद्धारा निर्मित अटो रिक्साका आधाकारिक बिक्रेता हलेंसी ट्रेड लिंकका प्रोपाइटर हुन् ।

सोमबार बिर्तामोडस्थित होटल हेभनमा एक कार्यक्रमका बीच अग्रज पत्रकार चन्द्र भण्डारीले उक्त म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । गायक सन्तोष सिवाको स्वर रहेको उक्त गीतको म्यूजिक भिडियोमा सञ्चारकर्मी रमेश तिवारी र कलाकार बन्दना आचार्यले मोडलिङ गरेका छन् । गायक स्वयम् अटो रिक्साका चालक हुन् ।
भिडियोमा देखिने केही कथा उनीसँग मिल्नेछ । म्यूजिक भिडियोका उत्पादक तथा गीतका रचनाकार पौडेल लामो समयदेखि संगीत सिर्जनामा लागिरहेका सर्जक हुन् । उनले हालसम्म एक सयभन्दा बढी गीत रचना गरिसकेका छन् । झापा, चितवन र काठमाडौँमा छायांकन गरिएको उक्त गीत रेकर्डिङ र भिडियो बनाउन तीन लाख रुपैयाँ खर्च भएको उनले जानकारी गराए ।