जेष्ठ ७, २०८२ मंगलबार

बिर्तामोडको अदुवा खोलामा भेटियो मृत शिशु

बिर्तामोड । माछा मार्ने क्रममा बिर्तामोड–४ सुर्योदय टोल नजिकै अदुवा खोलामा अंग विकास भइसकेको शिशु फेला परेको छ ।

आज बिहान १० बजे स्थानीय बालबालिकाले माछा मार्ने क्रममा शिशु देखेपछि खवर गरेका थिए । अन्दाजी ६/७ महिनाको शिशु फेला परेपछि बिर्तामोड प्रहरीले घटनास्थलको मुचुल्का गरेको छ ।

शिशुलाई जन्म नदिई गर्भपतन गरेर फालिएको हुन सक्ने प्रहरीको भनाई छ । उनीहरुका अनुसार हालसम्म शिशु कसले फालेको भन्ने पहिचान भएको छैन । यसबारे अनुसन्धान हुने प्रहरीको भनाई छ ।

प्रकाशित मिति : चैत्र ४, २०७६ मंगलबार  ११ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]