बिर्तामोडका प्रहरीलाई कोरोनाबाट सुरक्षित हुने उपाय सिकाइयो
बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले कार्यरत प्रहरी कर्मचारीलाई कोरोना भारइसबाट सुरक्षित हुन सचेत गराएको छ ।
आज इप्रका परिसरमा आयोजित कार्यक्रममा सो भाइरस संक्रमणको संभावना र त्यसबाट सुरक्षित हुने उपाय बारे सहजीकरण गरिएको डीएसपी मुकुन्द रिजालले जानकारी दिए ।

इप्रकामा कार्यरत सबै तहका प्रहरीलाई बिर्तासिटीमा कार्यरत डा.विजय केसीले सहजीकरण गरेका थिए । कोरोना भाइरसको संक्रमणबाट बच्ने उपाय सिकाउदै उनले सुरक्षित हुने विधि सिकाएका छन् । आम नागरिकको सेवामा २४ घण्टा क्रियाशिल हुने प्रहरी विशेष रुपमा सतर्कता अपनाउन जरुरी रहेको भन्दै सबैलाई सचेत गराइएको डीएसपी रिजालको भनाई छ ।
डा. केसीले सुरक्षाका उपाय सहित प्रहरीलाई हात धुने विधि समेत सिकाइएको छ । डा. केसीलाई यसबारे प्रहरीले जिज्ञासा समेत राखेका थिए ।