बैशाख २५, २०८२ बिहीबार

चीनमा भन्दा इटालीमा बढी मानिसको मृत्यु

काठमाडौं। विश्वव्यापी महामारीको रूप लिएको कोरोना ९कोभिड–१९० भाइरस संक्रमणबाट ज्यान मागुमाउनेको संख्या १० हजार नाघेको छ ।

गत डिसेम्बरको अन्तिम साता चीनको वुहानबाट फैलिएको कोरोनाले शुक्रबार बिहानसम्म १० हजार ४८ मानिसको ज्यान लिइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । कोरोनाले उद्गमस्थल चीनमा भन्दा इटलीमा बढी मानिसको ज्यान लिएको छ ।

चीनमा हालसम्म ३ हजार २४९ मानिसको मृत्यु भएकोमा इटलीमा ३ हजार ४०५ पुगेको छ । बिहीबार थप ४२७ को ज्यान गएसँगै इटलीमा चीनभन्दा १५७ बढीको ज्यान गएको हो ।
इटली र चीनपछि मध्यपूर्वको देश इरान कोरोनाबाट प्रभावित बनेको छ । त्यहाँ पछिल्लो २४ घण्टामै १४९ कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै कोरोनबाट ज्यान गुमाउनेको संख्या इरानमा १ हजार २८४ पुगेको छ ।

मृत्यदुरका हिसाबले स्पेन चौथो नम्बरमा छ । यहाँ हालसम्म ८३१ मानिसको ज्यान गएको छ । उपचारका क्रममा बिहीबार मात्रै १९३ ले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : चैत्र ७, २०७६ शुक्रबार  ९ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]