झापा प्रहरीले बुझायो फेला पारेका मोटरसाइकल
बिर्तामोड । झापा प्रहरीले विभिन्न समयमा चोरी भएका मोटरसाइकल फेला पारी सवारीधनीलाई बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको गस्ति टोलीले फेला पारेको १३ थान मोटरसाइकलमध्ये ३ थान मोटरसाइकल आज प्रहरी उपरीक्षक कृष्ण कोइरालाले धनीलाई बुझाएका छन् ।
सवारीधनी अर्जुनधारा – ११ का २८ वर्षीय महेन्द्र कहङवाङको मे ९ प ८४७२ को निलो पल्सर, सोही वडाका लक्ष्मी प्रसाद अधिकारीकोे रातो पल्सर र सुनसरीस्थित रामधुनी–२ का ३२ वर्षीय हेमन्त कुमार चौधरीको कालो पल्सर बुझाइएको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए ।
यस्तै, तेह्रथुम आठराई –३ का योगेश डाँगीलाई आफ्नो निलो कलरको जिक्सर मोटरसाइकल बुझिलिन खवर गरिएको छ । फेला पारेको ९ थान मोटरसाइकलको धनी हालसम्म पहिचान नभएकोले सवारी धनी आएपछि बुझाइने प्रहरीको भनाई छ ।