कोरोनाको मौका छोपेर झापामा नदी दोहन बढ्यो : पार्थ
बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता राम कार्की पार्थले कोरोना भाइरसको महामारी फैलिरहेको बेला झापाका नदीमा भने दोहन थपिएको बताएका छन् ।

केन्द्रीय सांसद समेत रहेका नेकपाका नेता कार्कीले सामाजिक सञ्जालमा झापाका नदीमा दोहोन थपिएको स्टाटस मार्फत जानकारी गराएका छन् । सामाजिक सञ्जाल फेसबुकमा कार्कीले लेखेका छन्, कोरोनाको विश्व आतंकका बीच देश छटपटाई रहेको बेला चुरेबाट झरेका नदीहरूको दोहन आतंक थपिए छ । झापालाई मात्र हेर्दा टिमाई, रतुवा , निन्दा , माई आदि खोलामा मनपरी भईरहेको छ ।
यसको परिणाम चुरेले गेगर बनेर तराई पुर्नेछ । पानीको सतह तल खस्किने छ । पर्यावरणीय बिविधता समाप्त हुनेछ । २५जना जम्मा हुन रोक लागेको अवधिमा ५० वटा त गाड़ी थुप्रिएका छन्, कार्कीले लेखेका छन् ।