बिर्तामोड नगरपालिकाले गरिव परिवारको घरघरमै राहत पुर्याउने
बिर्तामोड । गरिव, विपन्न परिवारलाई बिर्तामोड नगरपालिकाले घरघरमै राहत वितरण गर्ने भएको छ । बिर्तामोड नगरपालिकाको आज सम्पन्न बैठकले कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोष स्थापना गर्दै सोही कोष मार्फत राहत वितरण गर्ने तयारी गरेको मेयर धु्रव कुमार शिवाकोटीले जानकारी दिए ।

मेयर शिवाकोटीका अनुसार सो कोषमा मेयर, उपमेयर , प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडा, प्रशासन विभाग प्रमुख देवराज कार्की सहित, वडाध्यक्ष, वोर्ड सदस्य र बाँकी सबै जनप्रतिनिधिले एक/एक महिनाको तलव सुविधा जम्मा गर्ने निर्णय भएको छ ।
नगरले बनाएको राहत कोषबाट व्यवस्थित रुपमा राहत वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत खतिवडाले जानकारी दिए । अहिले सबै वडामा गरिव , विपन्न र असहायको लगत संकलन गर्ने काम भइरहेको छ, खतिवडाले भने – लगत संकलनपछि घरघरमा रातह सामग्री पु¥याइनेछ ।
राहतमा खाद्य सामग्री हुने उनको भनाई छ । यस्तै, बैठकले व्यक्तिगत वा संस्थागत रुपमा राहत वितरण रोक्ने निर्णय गरेको छ । सो राहतलाई व्यवस्थित गर्दै नगरपालिका मार्फत नै वितरण गर्ने बताइएको छ । मंगलवारदेखि नगरपालिकामा स्टल राखेर दाताहरुले दिने राहत संकलन गर्ने र एकद्वार प्रणालीबाट वितरण गरिने खतिवडाले जानकारी दिएका छन् । अब सबैले दिने राहत नगर मार्फत वितरण हुनेछ, उनले भने ।