बैशाख २५, २०८२ बिहीबार

इटहरीका १० हजार विपन्नलाई राहत बाढ्ने

सुनसरी । इटहरी उपमहानगरले १० हजार विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने नागरिकका लागि राहत वितरण गर्न वडाहरुमा खाद्य सामग्री पठाउन थालेको छ ।

वडा नम्वर १,२,५,९,१३,१४,१५,१६,१७,र १८ मा खाद्य सामग्री पठाइएको नगरप्रमुख द्धारिकलाल चौधरीले बताए । सम्वन्धित वडा मार्फत वितरण गर्न वडाध्यक्षहरुलाई राहत सामग्री बुझाइएको हो । कोरोना लकडाउनका कारण इटहरीमा भोकमरीको अवस्था आउन नदिन एक हप्तालाई पुग्ने राहत वितरण थालिएको प्रमुख चौधरीले जानकारी दिए ।

वडा नम्वर १ र १७ को मुसहर वस्तिबाट विपन्न नागरिकलाई खाद्य सामग्री वितरण सुरु गरिएको थियो । इटहरी उपमहानगरले प्रत्येक वडामा चार/चार लाख बराबरको राहत वितरण गर्ने निर्णय अनुसार राहत वितरण थालिएको हो ।

वडाको सिफारिस अनुरुप विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने नागरिकको लगत संकलन गरि राहत वितरण गरिने छ । यसैबिच इटहरी उपमहानगरले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा सहयोगका लागि आग्रह गरेको छ ।

नेपाल बैंक इटहरीमा रहेको कोषको खाता नम्वर ०५९०३००००००००५००४०० मा रकम सहयोगका लागि इच्छुक ब्यक्ति तथा संघसस्थाहरुलाई उपमहानगरले आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : चैत्र १८, २०७६ मंगलबार  ९ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]