अस्गर अलीको चुनौति, ‘समाचार पुष्टि भए जुत्ताको माला लगाउन तयार छु’
काठमाडौं- प्रधानमन्त्रीका आईटी विज्ञ अस्गर अलीले मेडिकल सामग्री खरिदमा आरोपित गरेकोमा दुःख प्रकट गर्दै समाचार पुष्टि गर्न चुनौती दिएका छन् ।

एक अनलाइनमा मेडिकल सामग्री खरिदमा आफ्नो नाम उल्लेख भएकोमा कडा शब्दमा निन्दा व्यक्त गर्दै उनले भनेका छन्, ‘तपाईंहरुको यो समाचार मेरो चरित्रहत्या र हैरानी दिने उद्देश्यले निर्देशित छ । मेडिकल सामग्री खरिदमा मेरो कुन संरचनागत साइनो हुन्छ रु विज्ञापन लगायतका स्वार्थ पूरा भएनन् भनेर जसलाई जहाँ मन लाग्यो बिना आधार त्यहीँ मुछिदिने रु समाचारमा उल्लेख गरेजस्तै मेरो संलग्नता पुष्टि गर्न म यस मिडियालाई चुनौति दिन्छु । पुष्टि गर्न सक्यो भने म खुलामञ्चमा जुत्ताको माला लगाएर घुम्न तयार छु ।’
अलीले आरोप पुष्टि गर्न नसके चरित्रहत्या गरेर हैरानी दिने अनलाइनका सम्पादकले कानुनी उत्तरदायित्व व्यहोर्नु पर्छ कि पर्दैन भनेर प्रश्न गरेका छन् । ‘परराष्ट्र मन्त्रीले भन्नु भए जस्तै यो अनलाइनका सम्पादक त्यही सिनो देख्ने गिद्द जस्तै छन्, उनी तथ्य हेर्दैनन्, राजनीतिक पूर्वाग्रह र गैरव्यावसायिक लाभका लागि गिद्धले सिनो झम्टे झैँ झम्टिन्छन् । पत्रकारिता पेशा व्यक्तिको सार्वजनिक जीवन नामेट गर्ने लाइसेन्स होइन ।’
अलीले अनलाइनका सम्पादकलाई समाचार पुष्टि गर्न सार्वजनिक आग्रह गर्दै अन्यथा कानुनी उपचारको लागि अग्रसर हुन बाध्य हुने चेतावनी दिएका छन् ।