प्रगतिनगरका ४५ परिवारलाई घरघरमै राहत
बिर्तामोड । प्रगतिनगर टोल विकास संस्थाले आज अति विपन्न ४५ परिवारलाई खाद्य सामग्री वितरण गरेको छ ।

बिर्तामोड–८ स्थित टोल विकास संस्थाले स्थानीय युवाहरुबाट संकलित सहयोग रकमले प्रति परिवार ५ केजी चामल, २ केजी आलु, १ केजी नुन, १ लिटर तेल, १ केजी दाल, सोयाविन, चाउचाउ र हात धुने सावुन वितरण गरेको अनुप सापकोटाले जानकारी दिए ।
उनका अनुसार टोल विकास संस्था समिति र स्थानीय युवाको अगुवाईमा घरघर मै पुगेर राहत स्वरुप खाद्य सामग्री वितरण गरिएको हो । लकलाउन पछि दैनिक काममा जान नपाएका मजदुर परिवारलाई लक्षित गरेर राहत बाँढिएको सापकोटाको भनाई छ ।