इटहरीको क्वारेण्टाइन वाइफाई र सीसी क्यामेरा
इटहरी । इटहरी उपमहानगरले जनता क्याम्पस इटहरीमा निर्माण गरेको क्वारेण्टाइन वाइफाई र सीसी क्यामेरा सहित सवै मापदण्ड पूरा भएको हुने भएको छ ।

क्वारेण्टाइनको सुनसरीका प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख,जनस्वास्थ्य प्रमुख र नेपाली सेना सहितको टोलीले अनुगमन गरेका छन् । इटहरीका नगरप्रमुख, उपप्रमुख समेतको उपस्थितिमा भएको अनुगमनमा प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले सीसी क्यामेरा जडानपछि सवै मापदण्ड पूरा भएको हुने जानकारी दिए ।
नगरप्रमुख द्धारिकलाल चौधरीले सीसी क्यामेरा तत्काल जडान गर्न उपमहानगरका कर्मचारीहरुलाई निर्देशन दिए । जनता क्याम्पस इटहरीमा १ सय २ वेडको क्वारेण्टाइन निर्माण गरिएको छ ।