बैशाख २६, २०८२ शुक्रबार

देश बाहिर दुई नेपालीको मृत्यू, नौ जना कोरोना संक्रमित

झापा । चीनको हुपेई प्रान्तको वुहानबाट फैलिएको कोरोना महामारीबाट विश्वभर नौ लाख ३५ हजार संक्रमित भएकोमा ४७ हजारको मृत्यु भइसकेको छ ।

संसारका २०३ मुलुकमा फैलिएको महामारीबाट नेपालमा पाँच जना संक्रमित भएका छन् । ती सवै विदेशबाट फर्किएका नागरिक हन् । संक्रमित मध्ये एक जनालाई निको भइसकेको छ ।

चीनबाट फर्किएको विद्यार्थीमा पहिलो संक्रमण देखिएको थियो । ती विद्यार्थीलाई निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितहरुको उपचार भइरहेको छ ।

तर, देशभित्र भन्दा बाहिर धेरै नेपाली संक्रमित भएका छन् । विदेशमा संक्रमित भएकालाई स्वदेश नल्याउने सरकारले नीति लिएको छ । सम्बन्धित देशमै उपचार गराउन सरकारले आग्रह गरेको छ ।

देशबाहिर संक्रमित हुने मध्ये नेपाली मूलका दुई जनाको भने मृत्यु भइसकेको छ । १७ मार्चमा यूकेमा ६६ वर्षीय नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । पूर्व गोर्खा आर्मी नेपालीको यूकेमै मृत्यु भएको हो ।

अर्का ५० वर्षीय नेपालीको अमेरिकामा २४ मार्चमा मृत्यु भएको थियो । उनी पनि नेपाली मूलका नागरिक हुन् । यस बाहेकका चार मुलुकमा सात जना नेपाली कोरोनाबाट संक्रमित छन् ।

विभिन्न सञ्चार माध्यमहरुका अनुसार, अष्ट्रेलियामा एक, बहराइनमा तीन, पोर्चुगलमा एक र यूएईमा दुई नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । केही दिन अगाडि मात्रै यूएई सरकारले दुई नेपालीमा कोरोनाको संक्रमण भएको पुष्टि गरेको थियो । ७४ नेपालीलाई क्वारेन्टाइनमा राखिएकोमा एक जनाको स्वास्थ्य रिपोर्ट पोजिटिभ देखिएको पोर्चुगल सरकारले जनाएको छ ।

बहराइनमा स्वास्थ्य परीक्षण गराउने नेपाली मध्ये तीन जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएका र नदेखिएका सवै नेपालीलाई सम्बन्धित देशमै सुरक्षित बनेर रहन नेपाल सरकारले आग्रह गरेको छ । परराष्ट्र मन्त्री प्रदीकुमार ज्ञवालीले नेपालमा रहेका विदेशीलाई नेपाल सरकारले सुरक्षा र उपचार गराउने तथा विदेशमा रहेका नेपालीलाई पनि उचित सुरक्षाको व्यवस्था गरिदिन कुटनीतिक पहलकदमी भएको बताएका छन् ।

प्रकाशित मिति : चैत्र २०, २०७६ बिहीबार  ४ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]