नेकपा झापाद्वारा राहत कोषमा १ लाख
बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापा जिल्ला कमिटीले जिल्लास्थित राहत कोषमा १ लाख जम्मा गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला समन्वय समिति झापाले स्थापना गरेको कोषमा १ लाख जम्मा गरेको पार्टीका अध्यक्ष चिन्तन पाठकले जानकारी दिए ।
नेकपा झापाले यो विपतको परिस्थितिमा सम्पूर्ण पार्टी नेता, कार्यकर्तालाई स्वयमसेवाका लागि अपील समेत गरेको छ । अध्यक्ष पाठकले झापा खुल्ला सीमाका कारण जोखिम भएकाले सबै नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् । खाद्यन्नको संकट व्यहोरिरहेका विपन्न परिवारको निम्ति तत्काल व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेको पाठकले जानकारी दिए ।