बैशाख २५, २०८२ बिहीबार

कक्षा ११ र १२ को परीक्षा स्थगित

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले अर्को सूचना जारी नभएसम्म कक्षा १२ र ११ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।मंगलबार दिउँसो बसेको परीक्षा बोर्डको बैठकले स्थगित गर्ने निर्णय गरेको हो ।

‘कोरोना भाइरसका कारण देश बन्दाबन्दीमा रहेकोले तत्कालका निम्ति निर्धारित परीक्षा तालिका स्थगित गर्ने निर्णय भएको छ,’ बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कान्तिपुरसित भने, ‘अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको छ । सरकारले बन्दाबन्दी खोलेपछि मात्र अर्को सूचना जारी हुनेछ ।’

कोभिड–१९ का कारण चैत ६ गतेबाट हुने एसईई रोकिएको छ । बोर्डले आगामी वैशाख ८ गतेबाट कक्षा १२ र वैशाख २१ ग्तेबाट कक्षा ११ को परीक्षा तालिका तोकेको थियो ।

प्रकाशित मिति : चैत्र २५, २०७६ मंगलबार  १ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]