मेची क्याम्पसको प्रमुखमा पोखरेल नियुक्त
बिर्तामोड । मेची बहुमुखी क्याम्पस भद्रपुरको क्याम्पस प्रमुखमा सहप्राध्यापक जीवन पोखरेल नियुक्त भएका छन् । उनी यसअघि क्याम्पसका सहायक क्याम्पस प्रमुख थिए ।

क्याम्पस प्रमुख कमल गुरागाईको अनिवार्य अवकासपछि पोखरेल नियुक्त भएका हुन् । झापाको बिर्तामोड निवासी पोखरेलले मंगलवारबाट जिम्मेवारी सम्हालेका छन् । क्याम्पस प्रमुखका लागि ३ जनाको नाम सिफारिस भएको थियो ।
पोखरेलसहित देवी आचार्य र भानु भट्टराईको नाम सफ्ट कमिटीले सिफारिस गरेको थियो । सोसियोलोजि र हिस्ट्रीमा डिग्री गरेका नवनियुक्त पोखरेल २०५३ सालदेखि मेची क्याम्पसमा कार्यरत थिए ।