लकडाउन उल्लंघन गर्नेलाई बिर्तामोडमा ‘होल्ड’ गराइयो
बिर्तामोड । लकडाउन गर्ने २० जनाभन्दा बढिलाई बिर्तामोडमा ‘होल्ड’ गराइएको छ । प्रहरीले उनीहरुलाई लकडाउन उल्लंघन गरेवापत १ घण्टा होल्ड गराएको हो ।

आजैबाट बिर्तामोडमा शुरु गरिएको लकडाउन सेलमा उल्लंघन गर्नेलाई २ घण्टा ‘होल्ड’ गराउने तयारी भएको छ । पहिलो दिन भएकाले १ घण्टामात्र उभ्याएका छौं, अब २ घण्टा नै उभ्याउँछौं, डिएसपी मुकुन्द रिजालले भने । लकडाउनको समयमा मान्छेको चहलपहल बढ्न सक्ने भन्दै सेल तयार गरेको डीएसपी रिजालले जानकारी दिए ।
साँझको समयमा बिर्तामोड क्षेत्रमा मानवीय चहलपहल बढेपछि बिर्तामोड प्रहरीले यस्तो योजना अघि सारेको हो ।