विचल्लीमा परेकालाई काँकरभिट्टामा सामुहिक खाना खुवाउने
काँकरभिट्टा । लकडाउनका कारण विचल्लीमा परेका यात्रुहरुलाई होटल व्यवसायी संघ मेचीनगरले आजदेखि सामुहिक खाना खुवाउने भएको छ ।
विहिवार साँझदेखिनै उनीहरुलाई खाना खाने व्यवस्था गरिएको भए पनि आजबाट मेस स्थापना गरि खाना खाने व्यवस्थापन गरिएको होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष गोपाल श्रेष्ठले बताउनु भयो ।

कोरोना भाइरसका कारण लकडाउनमा परेका यात्रुहरु काँकरभिट्टा विभिन्न होटलमा गएको दुई सातादेखि बसिरहेका छन् । उनीहरुसँग भएको पैसा सकिएको र होटलले पनि लामो समयसम्म खुवाउन नसक्ने भएपछि सामुहिक खानाको व्यवस्था गर्नु परेको अध्यक्ष श्रेष्टले बताउनु भयो । लक डाउन कति समयसम्म लम्बिन्छ भन्ने टुंगो नभएका कारण होटलमा बसोवास गर्नेहरु विचल्लीमा पर्न थालेका छन् ।