बैशाख २५, २०८२ बिहीबार

मोडल क्याम्पस दमकले जित्यो सुर्योदय क्विजको उपाधि

बिर्तामोड । सूर्योदय टेलिभिजनले आयोजना गरेको सूर्योदय क्विज सिजन ४ को उपाधि मोडल क्याम्पस दमकले जितेको छ ।

प्रदेश १ का एक सय भन्दा बढी कलेजहरुको सहभागिता रहेको प्रतियोगितामा मोडल क्याम्पस दमकले उपाधि हात पारेको हो । यस्तै प्रज्वल क्याम्पस गौरादह दोश्रो र दमक मोडल माध्यमिक विद्यालय तेश्रो भएका छन् भने सिता रमेश क्याम्पस बुद्धशान्ती र दमक बहुमुखी क्याम्पस दमकले सान्तवना हात पारेका छन् ।

प्रतियोगिताको उपाधी विजेता मोडल क्याम्पस दमकले नगद ५० हजार रुपँैया सहित कान्तिपुर सिटि कलेजबाट ४ लाख ५० हजार रुपैँया बराबरको छात्रावृत्ति प्राप्त गरेको छ । दोश्रो उपाधी विजेता प्रज्वल क्याम्पस गौरादहले २५ हजार र तेश्रो उपाधि विजेता दमक मोडल माध्यमिक विद्यालयले १५ हजार प्राप्त गरेका छन् । यस्तै सान्तवना पुरस्कार विजेता सिता रमेश बुद्धशान्ती र दमक बहुमुखी क्याम्पस दमकले ५÷५ हजार रुपैँया हात प्राप्त गरेका छन् ।

प्रतियोगिताको सिजन १ मा गोमेन्द्र मल्टिपल कलेज विर्तामोड, सिजन २ मा आस्था कलेज दमक र सिजन ३ मा विरेन्द्र नमुना क्याम्पस चन्द्रगढीले उपाधि जितेका थिए । विद्यार्थी लक्षित कार्यक्रम अन्र्तगत सूर्योदय एक्स्टेम्पर स्पिज कन्टेस्ट २०७७ जेष्ठबाट सञ्चालन हुने सूर्योदय टेलिभिजनका कार्यक्रम संयोजक देवी गौतमले जानकारी दिए । टेलिभिजनले आफ्नो स्थापनाकालबाटै क्विज प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : चैत्र २८, २०७६ शुक्रबार  ९ : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]