सुरुङामा पनि ‘होल्ड’ गराइदै
सिएम शर्मा
सुरुङा । लकडाउन उल्लंघन गर्नेलाई कनकाई नगरपालिका– ३ सुरुङ्गामा पनि १ घण्टा होल्ड गराउन सुरु गरिएको छ ।
शनिबार लकडाउन सेल स्थापना गरे लगत्तै लकडाउन उल्लंघन गर्ने २५ जनाभन्दा बढीलाई सुरुङ्गा हुलाक कार्यलय अगाडि सामाजिक दुरि कायम गर्दै तयार गरिएको लकडाउन सेलमा ‘होल्ड’ गराइएको प्रहरीले बताएका छन् ।

प्रहरीले उनीहरुलाई लकडाउन उल्लंघन गरेपछि १ घण्टा होल्ड गराएर सचेतना सहित लकडाउनको समयमा अति आवश्यक काम बाहेक घरवाट बाहिर ननिस्कन आग्रह गरेको छ भने अत्यावश्यक कामले निस्किएकालाई सोधपुछ गरि छाडिएको छ ।
पहिलो पटकलाई १ घण्टामात्र उभ्याउने बताईए पनि लकडाउन उल्लंघन गरि होल्डमा परिसकेकाले पुनः दोर्होयाइएको पाइएमा १ घण्टा थप गर्दै ‘होल्ड’ गराउने सुरुङा प्रहरी जनाएको छ ।