जेष्ठ १३, २०८२ सोमबार

२२ हजार स्वास्थ्यकर्मी कोरोना संक्रमित

एजेन्सी– कोरोना संक्रमितको उपचारमा खटिएका विश्वभरका २२ हजार ७३ स्वास्थ्यकर्मीसमेत संक्रमित भएका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार ८ अप्रिलसम्म ५२ देशका ती स्वास्थ्यकर्मी प्रभावित भएका हुन्। 

स्वास्थ्यकर्मीलाई हुने संक्रमणका बारेमा यकिन जानकारी नहुने भएकाले आँकडा योभन्दा बढ्न सक्ने डब्लुएचओले जनाएको छ।

कोरोनाविरुद्धको लडाइँमा अग्रमोर्चामा रहने स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षाको सुनिश्चितता गर्न पनि डब्लुएचओले आग्रह गरेको छ। 

इटालीमा मात्र एक सय भन्दा बढी डाक्टर र ३० जना नर्सको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : चैत्र ३०, २०७६ आईतबार  १० : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]