मेचीनगरका जनप्रतिनिधिद्वारा कोषमा साढे १० लाख दिने घोषणा
बिर्तामोड । मेचीनगर नगरपालिकाका जनप्रतिनिधिले नगरको प्रकोप व्यवस्थापन कोषमा १ महिनाको सुविधा वापत प्राप्त गर्ने रकम जम्मा गर्ने घोषणा गरेका छन् । नगरपालिकाको आजको बैठकले सो घोषणा गरेको हो ।

विपद् व्यवस्थापन समितिका संयोजक टिकाराम मंग्रातीका अनुसार ८० जना जनप्रतिनिधिको एक महिनाको सुविधा वापत प्राप्त गर्ने रकम १० लाख ५० हजार ३ सय ९० रुपैयाँ हुनेछ । नगरले हालसम्म पूर्वी नाकाबाट नेपाल प्रेवश गरेका करिव १ लाख नागरिकको ज्वरो जाँच गरेको मंग्राती जानकारी दिए ।