बुद्धशान्तिलाई सहाराको ६१ हजार सहयोग
बुधबारे । सहारा नेपाल साकोसले बुद्धशान्तिले स्थापना गरेको राहत कोषमा ६१ हजार सहयोग उपलब्ध गराएको छ ।

लकडाउनका कारण खाद्यान्य अभाव झेलिरहेका विपन्न नागरिकका लागि खाद्यान्य उपलब्ध गराउन स्थानीय तहले स्थापना गरेको राहत कोषमा सहाराले सहयोग गरिरहेको छ ।
पूर्वका ६ जिल्ला कार्य क्षेत्र भएको सो सहकारी संस्थाले कार्य क्षेत्र भरीका ७० वटै स्थानीय तहमा आर्थिक सहयोग गर्ने सहारा नेपालका केन्द्रीय कार्यलयका प्रवन्धक तेजनाथ गौतमले जानकारी दिनुभयो । सो क्रममा सहाराले आज बुद्धशान्ति गाउँपालिकामा सहयोग रकम हस्तान्तरण गरेको हो ।