दुई लाख अष्ट्रेलियन डलरको कोभिड १९ एक्स्पर्ट सहयोग कोष स्थापना
बिर्तामोड । एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको परोपकारी संस्था एक्स्पर्ट फाउण्डेशनले दुई लाख अष्ट्रेलियन डलरको कोभिड १९ एक्स्पर्ट सहयोग कोष स्थापना गरेको छ ।
अष्ट्रेलियामा अध्ययनरत अन्तराष्ट्रिय बिद्यार्थीहरुलाई पर्न सक्ने समस्याहरुमा सहयोग पुर्याउने उद्देश्यले एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको परोपकारी गतिविधिका लागि संचालित संस्था एक्स्पर्ट फाउन्डेसनले सो कोषको स्थापना गरेको एक्स्पर्ट बिर्तामोड शाखाका कृष्ण खतिवडाले जानकारी दिए ।

कोरोनाको महामारीबाट समग्र शिक्षा क्षेत्र पनि प्रभावित भएको भन्दै अध्ययनका लागि अस्ट्रेलिया गएका अन्तरास्ट्रिय बिद्यार्थीहरु अझ बढी प्रभावित भएको फाउण्डेशनको भनाई छ ।
अष्ट्रेलियामा अध्ययनरत अन्तराष्ट्रिय विद्यार्थीहरुलाई पर्न सक्ने तत्कालिन र दीर्घकालिन असरहरुलाई न्यूनीकरण गर्न सुरु देखि नै आफ्नो सकृयता कायम राखेको सो संस्थाले सरकारी एवं गैरसरकारी निकायहरु, शैक्षिक संस्थाहरु र सामुदायिक संघ संस्थाहरुसँग नियमित सम्पर्क र सम्वादको माध्यमबाट समस्याको पहिचान र यसको समुचित ब्यबस्थापनका लागि आवश्यक पैरवी गरिरहेको छ ।
एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज मार्फत अस्ट्रेलियाका बिभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुमा अध्ययनरत अन्तरास्ट्रिय बिद्यार्थीहरु प्रति हाम्रो पहिलो दायित्व तथा अभिभावकत्व अनुभुत गर्दै यो कोषबाट एक लाख पचास हजार अस्ट्रेलियन डलर उहाँहरुको सहयोगका लागि छुट्याइएको छ भने अन्य अन्तरास्ट्रिय बिद्यार्थीहरुको सहयोगमा क्रियाशील बिभिन्न सामाजिक संघ संस्थाहरु मार्फत सहयोग गर्ने गरी पचास हजार अस्ट्रेलियन डलर छुट्याइएको बताइएको छ ।
पछिल्लो छ महिना यता अस्ट्रेलिया आएका बिद्यार्थीहरु सबै भन्दा बढि प्रभावित भएको महशुस गरी पहिलोपटक १ अक्टोबर २०१९ देखि हालसम्म अस्ट्रेलिया गएर रोजगारी नै नभएका, रोजगारी भएर पनि महामारीका कारण रोजगारी गुमाएका र एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज मार्फत अस्ट्रेलियाका बिभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुमा अध्ययनरत बिद्यार्थीहरुलाई उनीहरुको आधारभूत आवश्यकता पुरा गर्नका लागि केहि सहज पुगोस् भन्ने उद्देश्यले हाम्रो बिभिन्न राज्यमा भएका कार्यालय तथा सम्पर्कहरु मार्फत उक्त कोषबाट सहयोग गरिने खतिवडाले जानकारी दिए ।
शैक्षिक संस्थाहरुसँग आफ्नो तर्फबाट नियमित परामर्शमा रही बिधायार्थीहरुको तर्फबाट पैरवी गरिरहेको र बिद्यार्थीहरुलाई सहयोग र सुविधा प्राप्त हुने बारेका सूचना उपलब्ध हुनासाथ बिद्यार्थीहरुलाई जानकारी गराइरहेको र यसलाई निरन्तरता दिने प्रतिबद्दता पनि एक्स्पर्टले गरेको छ ।