आजबाट इजलास दैनिक चौथो वर्षमा प्रवेश
बिर्तामोड । झापाको बिर्तामोडबाट प्रकाशित हुँदै आएको इजलास दैनिक चौथो वर्ष प्रवेश गरेको छ । ०७४ बैशाख १ गतेबाट नियमति प्रकाशित हुँदै आएको इजलास आजबाट चौथो वर्षमा प्रवेश गरेको हो ।

टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा प्रकाशित इजलास दैनिकले गत वर्षबाट आफ्नो अनलाईन संस्करण इजलास डट कम समेत सञ्चालन गर्दै आएको छ । झापाको कान्छो दैनिक पत्रिका इजलास दैनिकले आगामी दिनमा आम नागरिकको आवाजलाई मुख्य प्राथमिकतामा राखेर नियमित प्रकाशन गर्ने टाइम्स मिडियाका अध्यक्ष नारायण पोखरेलले जानकारी दिए ।
सत्य, तथ्य समाचारको लागि इजलास दैनिकलाई नागरिकको मुख्य सूचनाको स्रोतको रुपमा विकास गर्दै लैजाने पत्रिकाका सम्पादक प्रदीप परियारले बताए । उनका अनुसार यहि वर्षबाट अखवारलाई १ नम्बर प्रदेश स्तरीय बनाउने तयारी गरिएको छ ।