जेष्ठ १६, २०८२ बिहीबार

समुदायको सेवामा जुट्न रोटरीको आह्वान

झापा । नेपाली रोटरीले सामाजिक दूरी कायम राख्नाका साथै एकापसमा विद्युतीय माध्यमबाट भए पनि सम्पर्क गर्दै र आफूलाई सुरक्षित राख्दै समुदायको सेवामा जुट्न आह्वान गरेको छ । सम्पूर्ण नेपाली रोटरी कोरोना भाइरसको प्रकोपबाट देशलाई र जनतालाई जोगाउने अभियानमा समर्पित भएको जनाउँदै डिष्टिक गभर्नर ३२९२ किरणलाल श्रेष्ठले देश र जनतालाई विपत् पर्दा जस्तोसुकै मूल्य चुकाएर भएर पनि सेवामा समर्पित हुनाको विकल्प नरहेको जनाएका छन् ।

कोभिड–१९ ले मानव जातिको जीवन र अस्तित्वमा नै चुनौती खडा गरेका बेला यस महाविपत्तिबाट आफू र आफ्नो परिवार तथा सिङ्गो समाजको जीवन रक्षा गर्नु आफूहरुको पहिलो कर्तव्य भएको र यसलाई पालना गर्न चुक्न नहुनेमा जोड दिँदै उनले रोटरी जस्तो संस्थाको आवश्यकता देश र जनताका लागि यस्तै विपत्तिमा पर्ने जनाएका छन् ।

रोटरीका देशैभरिका १२४ क्लब अहिले कोरोना सङ्क्रमणको जोखिमबाट पीडित विपन्न वर्ग वृद्ध र बालबालिकाको सेवामा जुटिरहेको तथा दैनिकी गुजारा गर्नुपर्ने समुदाय र स्वास्थ्य सेवकको सहयोगमा समर्पित भएको जनाइएको छ । नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पनि डिष्ट्रिक ३२९२ ले रु एक करोड आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ ।

प्रकाशित मिति : बैशाख ३, २०७७ बुधबार  ४ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]