बिर्तामोडको देवी क्याम्पसले लकडाउनभर अनलाईनबाटै कक्षा सञ्चालन गर्ने
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको देवी क्याम्पसले अनलाइनबाटै कक्षा सञ्चालन गर्ने भएको छ । क्याम्पस प्रमुख लेखनाथ भट्टराईका अनुसार आजै शिक्षक कर्मचारीबिच भिडियो कन्फे्रन्सबाट अनलाइन कक्षा चलाउने बारे छलफल गरिएको छ ।
आज क्याम्पसका शिक्षक कर्मचारी बिच छलफल भएको छ, अब विधार्थीका अगुवासँग छलफल गरेर अनलाइन कक्षा चलाउने बारे तयारी गर्छौ, क्याम्पस प्रमुख भट्टराईले भने – लकडाउनले पठनपाठन प्रभावित भएकाले प्रविधिको प्रयोग गर्न लागेका हौं । क्याम्पस प्रशासनले पठनपाठनलाई अघि बढाउन अनलाईन विधि अपनाउन लागेको हो ।

क्याम्पस प्रशासन प्रमुख बद्री भट्टराईले मोवाइल एप्लिकेशन तयार गरेर सबै विधार्थीलाई जोडिन आग्रह गर्ने बताए । उनले नेट नभएका विधार्थीलाई डाटाबाट अध्ययन गर्न लगाउने र डाटाको खर्च वापतको ५० प्रतिशत रकम विधार्थीलाई सहयोग गर्ने जानकारी दिए ।
अहिले चौथो वर्षको कक्षा बाहेक १२ वटा वटा कक्षा सञ्चालन गरिने उनको भनाई छ । लकडाउन बढ्ने हो वा होइन अझै निश्चित नभएकाले वैकल्पिक बाटो अपनाएर विधार्थीलाई नियमित पढाउने भट्टराईले जानकारी दिएका छन् । अनलाइन कक्षा क्याम्पसको नियमित रुटिन अनुसारकै समयमै पठनपाठन गरिने बताइएको छ । उनका अनुसार आगामी हप्ताबाट अनलाइन कक्षा चलाइने छ । शिक्षकहरुले घरबाटै विधार्थीलाई पढाउने छन् ।