जेष्ठ १७, २०८२ शुक्रबार

हिजो भेटिएका १२ संक्रमितको विराटनगरमा उपचार थालियो

झापा । उदयपुरको मस्जिदमा रहेका कोरोना संक्रमितलाई विराटनगरको कोरोना विशेष अस्पतालमा ल्याइएको छ ।

शुक्रबार राति १२ बजे कोरोना संक्रमित १२ जना र उनीहरु सँगै रहेका अन्य चार जनालाई पनि एम्बुलेन्समा विराटनगर ल्याइएको हो । संक्रमितमध्ये ११ जना भारतीय नागरिक र एक जना नेपाली हुन् ।

संक्रमित १२ जनालाई कोशी अस्पतालको कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको मेडिकल सुपरिटेन्डेन्ट डा। संगीता मिश्रले जानकारी दिइन् । संक्रमित सँगै रहेका अन्य चार जनालाई भने मोरङको टाँडीमा सञ्चालित क्वारेन्टाइनस्थलमा पठाइएको छ ।

काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना संक्रमण पुष्टि भएपछि ती भारतीय नागरिकलाई उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा रहेको मस्जिदबाट चारवटा एम्बुलेन्समा राखेर विराटनगर लगिएको थियो ।

प्रकाशित मिति : बैशाख ६, २०७७ शनिबार  ९ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]