चामल उत्पादन गर्ने धाइजनको सुर्य एग्रोमा लफडा
बिर्तामोड । झापाको मेचीनगरस्थित धाइजनमा रहेको सुर्य एग्रोमा स्थानीयले तनाव सृजना गरेका छन् । लकडाउनमा पूर्वी पहाडदेखि काठमाडौंसम्म चामल र दालको व्यवस्था मिलाउनदै आएको सुर्य एग्रोमा भारतीय ट्रक आएको भन्दै स्थानीय टोल सुधार समितिले लफडा गरेको छ ।

भन्सारबाट प्रक्रिया पुर्याए धान लिएर आएको भारतीय ट्रक किन ल्याएको भन्दै विवाद भइरहेको छ । विवाद बढेपछि प्रहरीले पुगिसेको जानकारी आएको छ । आवश्यकता अनुसार दैनिक चालम उत्पादन गरेर बजारमा पुर्याइरहेको सुर्य एग्रोमा टोल सुधार समितिले भारतीय ट्रक नल्याउन भनिरहेका छन् । यता, सुर्य एग्रो सञ्चालकहरुले धान आयात नभए चामल उत्पादनमा समस्या हुने बताइरहेका छन् ।
चामल उत्पादनकमा लागि जिल्ला प्रशासनसँग समन्वय भएरै मिल सञ्चालन गरिएको बुझिएको छ । प्रहरीका अनुसार खाद्यवस्तु उत्पादन गर्ने उधोगहरु सञ्चालनमा कुनै अवरोध गर्न पाइनेछैन । थप अपडेट आउन बाँकी