बैशाख २६, २०८२ शुक्रबार

कोरोना भाइरस बीमालेख सुरु

काठमाडौं । बीमा समितिले कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी बीमा लेख आइतबारदेखि औपचारिक रुपमा जारी गरेको छ ।

बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईंले आइतबार कोरोना भाइरस (कोभिड–१९) रोग सम्बन्धी पहिलो बीमालेख खरिद गरी औपचारीक सुरुवात गरेका हुन् । अध्यक्ष चापागाईंले कोरोना भाइरस महामारीको रुपमा आएको र सानो रकमबाट भएपनि संक्रमणमा परेका व्यक्तिलाई आर्थिक सहयोग होस भन्ने उद्देश्यले बीमालेख जारी गरिएको बताए । कोरोना भाइरस संक्रमण पछिको उपचार सरकारले गर्ने भएपनि संक्रमित व्यक्तिको आििर्थक स्थितिलाई ध्यान दिएर बीमा लेख जारी गरिएको उनले बताए ।

कुनै पनि नेपाली नगारिक, परिवार एवम् संस्थाले आफ्ना सदस्यहरुको व्यक्तिगत वा समूहिक बीमा गर्न सक्ने अध्यक्ष चापागाईंले बताए । उनले लकडाउनको अवस्थामा पनि सजिलै पोलिसी खरिद गर्न सकिने बताए । पोलिसी खरिदका लागि मडिकल र वित्तीय अण्डरराइटिङको आवश्यकता नपर्ने भएकाले पनि अनलाइनमार्फत खरिद गर्न सकिने अध्यक्ष चापागाईले बताए । उनले इन्टरनेटको पहुँच नभएको ठाउँमा समेत निर्जीवन बीमा कम्पनीहरुले काम गर्दै आएका कृषि बीमा तथा घुम्ती बीमामार्फत बीमा विक्री गर्ने व्यवस्था मिलाइएको बताए ।

बीमा पोलिसी खरिद गरेको १५ दिनपछि एक वर्षसम्म पीसीआर प्रविधिबाट कोरोना भाइरस संक्रमण भएको प्रभाणित भएमा बीमा दाबी गर्न सकिने अध्यक्ष चापागाईंले बताए । यस्तै, कोरोना भाइरस ९कोभिड–१९० बीमा बीमालेख घातक रोग सरह भएको समेत बताए । उनले बीमालेखलाई दुई श्रेणीको बीमाङ्कमा कायम गरिएको बताए । पहिलो बीमालेख १ लाख रुपैयाँको बीमाङ्कको छ भने उक्त पोलिसी खरिद गर्नका लागि प्रतिव्यक्ति १ हजार रुपैयाँ लाग्ने छ । यस्तै, पारिवार वा संस्थागत रुपमा बीमा गरिन्छ भने प्रतिव्यक्ति ६ सय रुपैयाँ लाग्ने छ । यस्तै, दोस्रो बीमालेख ५० हजार रुपैयाँको छ ।

उक्त बीमालेख खरिद गर्न प्रतिव्यक्ति ५ सय रुपैयाँ र परिवार वा संस्थाको सम्पूर्ण सदस्यको सामूहिक बीमा गर्न प्रतिव्यक्ति ३ सय रुपैयाँ लाग्ने छ । बीमा दाबीका लागि बीमा सुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि रहेको छ । यस बीमालेखको व्यवस्थापन लघुबीमा अन्तर्गत मौजुदा लघु बीमा पुलमार्फत हुनेछ । यस्तै बीमालेख सबै निर्जीवन बीमा कम्पनीको वेभसाइटमार्फत तथा आइएमई पे मार्फत सिधै खरिद गर्न सकिने छ । नेपालमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीको ८० प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीको २० प्रतिशत दायित्व हुने गरी बीमा पुल मार्फत पोलिसी सञ्चालन गरिएको अध्यक्ष चापागाईंले बताए ।

प्रकाशित मिति : बैशाख ७, २०७७ आईतबार  ४ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]