‘कोरोनाको दोस्रो लहरले थप समस्या ल्याउनेछ’
एजेन्सी – अमेरिकाका वरिष्ठ रोग विशेषज्ञका अनुसार यदि कोरोनाभाइरसको लहर पुनः आए त्यसले थप समस्या निम्त्याउने चेतावनी दिएका छन् ।

सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका निर्देशक रोबर्ट रेडफिल्डले मंगलबार त्यतिबेला चेतावनी जारी गरे जब अमेरिकाका थुप्रै राज्यमा लकडाउन छुट दिने योजनामा काम गरिरहेका छन् । ।
रेडफिल्डले वासिङ्टन पोस्टसँग भने, ‘यो कुराको पूरा सम्भावना छ कि अर्को जाडोयाममा यो भाइरस पुनः सक्रिय हुनेछ र हामी अहिले जुन अवस्थाबाट गुज्रिरहेका छौं, त्यो योभन्दा पनि भयानक हुनेछ ।’