भारतमा कोरोनाले ६८१को मृत्यु, साढे २१ हजार संक्रमित
काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या २१ हजार नाघेको छ । कोरोनाका कारण भारतमा ६८१ जनाले ज्यान गुमाएका छन् ।

भारतीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार २१ हजार ३९३ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ । सबैभन्दा धेरै कोरोना प्रभावित महाराष्ट्रमा २६९ को ज्यान गइसकेको छ भने ५ हजार ६५२ जनामा संक्रमण देखिएको छ । यस्तै गुजरातमा १०३ र दिल्लीमा ४८ जनाको कोरोनाका कारण मृत्यु भइसकेको बीबीसीले जनाएको छ ।