जेष्ठ ८, २०८२ बुधबार

लकडाउनको समयमै ट्याङग्रा पूल मर्मत

इटहरी । इटहरी उपमहानगरको पहलमा लकडाउनको समयमै ट्याङग्रापूल मर्मत थालिएको छ । पूर्व पश्चिम सडक खण्डस्थित इटहरी बजार हुदै बग्ने ट्याङग्रापूल मर्मत थालिएको हो ।

हार्डवेयरबाट सामान उपलब्ध गराउन पहल गर्ने र सुरक्षाको जिम्मेवारी लिने भनेपछि सडक डिभिजन कार्यालयले काम सुरु गरेको उपमेयर लक्ष्मी गौतमले जानकारी दिनुभयो । हार्डवेयरसँग समन्वय गरेर सामान उपलब्ध गराइएको उहाँले बताउनुभयो । लामो समयदेखि पूल मर्मत नहुँदा समस्या हुदै आएको थियो । केहि समय अघि नै टेण्डर लागि सकेको भएपनि कोरोनात्रासका कारण मर्मतको काम सुरु हुन सकेको थिएन । ट्याङग्रापूल दैनिक सयौ सवारी साधन वारपार हुने पूल हो ।

प्रकाशित मिति : बैशाख ११, २०७७ बिहीबार  ११ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]