बुधबारेका पत्रकारलाई जेसीजको सहयोग
बुधबारे । कोरोना भाईरस (कोभिड १९ ) को जोखिमको बेला फिल्डमा सक्रिय पत्रकारहरूको सुरक्षाको लागि बुधबारे जेसीजले मास्क, सेनिटाइजर र ग्लोब्स वितरण गरिएको छ ।
बुधबारे जेसीजले बुद्धशान्ति प्रेस क्लबमा आवद्ध १८ जना बढी पत्रकारलाई मास्क, सेनिटाइजर र ग्लोब्स वितरण गरेको हो । उक्त सामान बुद्धशान्ती प्रेस क्लबका अध्यक्ष अनिल वाग्लेलाई बुधबारे जेसीज बर्ष २०२० का अध्यक्ष जेसि नन्दकुमार याफु राई, निबर्तमान अध्यक्ष जेसी हेमन्त बराल र कार्यकारीणि उपाध्यक्ष जेसी गजुहाङ योङयाङले सयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९ ) ले श्रृजना गरेको विश्व माहामारीको कारण नेपाल सरकारले गत चैत्र ११ गते देखि लकडाउन गरेसगै जनतालाई सूचना दिन जोखिम मोल्दै दिनरात खटिने पत्रकारको स्वास्थलाई राज्यका कुनै तहले वास्ता नगरिरहेको अवस्थामा थोरै भएपनि राहत मिलोस भन्दै स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको बुधबारे जेसीजका अध्यक्ष राईले बताए ।
जेसीजले ७ हजार ७ सय मुल्य बराबरको १८ जना पत्रकारलाई एकरएक थान सेनिटाइजर, ५५ थान माक्स र ग्लोब्स वितरण गरेको हो । सामग्री हस्तान्तरणमा प्रेस क्लबका उपाध्यक्ष आयुष निरौला , सचिव दिपेन लावती, सहसचिव रोसन भट्टराई , कोषाध्यक्ष नबिना कुइकेल लगायतको उपस्थिति थियो ।