जेष्ठ २०, २०८२ सोमबार

सशस्त्रका डिएसपीलाई ब्यारेकभित्रै कुटियो

रुपन्देही । सशस्त्र प्रहरी बलका गुल्मपति डिएसपी मानबहादुर शाहीमाथि व्यारेकभित्रै कुटपीट भएको छ ।

रुपन्देहीको सुनौली राजश्व गुल्मका प्रमुख डिएसपी मानबहादुर शाही माथि ब्यारेककै प्रहरी निरीक्षकद्धय केशव भट्टराई र दयाराम पौडेलले कुटपीट गरेका हुन् । ब्यारेक बाहिरबाट मादक पदार्थ सेवन गरी मंगलबार साँझ डिएसपीमाथि कुटपीट गरेको सशस्त्र प्रहरी कार्यालय स्रोतले जनाएको छ ।

सशस्त्र प्रहरीले ब्यारेकमा मदिरा निषेधित क्षेत्र घोषणा गरेपछि उनीहरु ब्यारेक बाहिर निस्केर मादक पदार्थ सेवन गरी व्यारेक प्रवेश गरेका थिए । ब्यारेक भित्र मादक पदार्थ खाएर आउन पाइँदैन भन्ने थाह छैन भनेर डिएसपीले सम्झाउँदा उनीमाथि हातपात भएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।

सशस्त्र प्रहरी बल मुख्यालयले उनीहरुलाई नियन्त्रणमा लिएर कारवाहीको थालेको छ । सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता प्रवीण श्रेष्ठले डिएसपीमाथि हातपात भएको खबर आएको र हातपात गर्ने प्रहरी अधिकारीलाई कारवाहीको प्रकृया अघि बढाइएको जानकारी दिए ।

उनले ब्यारेकबाहिर गएर मादक पदार्थ खाएर डिएसपीमाथि हातपात गरेका कारण उनीहरुलाई कारवाही प्रकृया अघि बढाइएको बताए । हातपात गर्ने प्रहरी निरीक्षक पौडेल भने यसअघि पनि आफ्नै महिला सहकर्मीलाई हातपात गरेको अभियोगमा कारवाहीमा परेका थिए । नागरिक दैनिकबाट

प्रकाशित मिति : बैशाख १२, २०७७ शुक्रबार  १० : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]