बैशाख २६, २०८२ शुक्रबार

थप दुई जनामा कोरोना पुष्टि, संक्रमित संख्या ५१

काठमाडौं । कोभिड–१९ को संक्रमण थप दुईजनामा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश २ को बिरगंजमा थप दुईजनामा कोरोनाभाइरसको संक्रमणको पुष्टि भएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बिरगंजका दुईजना पुरुषमा संक्रमणको पुष्टि भएको जानकारी दिनुभएको छ । उहाँका अनुसार दुबैजना संक्रमित ५० वर्षीय पुरुष हुनुहुन्छ । दुईजना संक्रमित थपिएसँगै नेपालमा कोभिड–१९ को संक्रमितको संख्या ५१ पुगेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले दुबैजना अस्पतालमा आइसोलेशनमा रहेको बताउनुभएको छ । दुबैजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएपछि संक्रमणको पुष्टि भएको छ । शनिबार मात्रै बिरगंजका चारजना संक्रमितमा तेस्रोपटक परीक्षण गरेपछि प्रतिवेदनमा कोभिड–१९ को संक्रमण निगेटिभ आएपछि अस्पतालबाट घर फर्काइएको थियो ।

प्रकाशित मिति : बैशाख १४, २०७७ आईतबार  १ : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]