दुर्गा माविद्वारा वेभसाइटमा रिजल्ट सार्वजनिक
बिर्तामोड । दुर्गा मावि गरामनीले लकडाउनको बिचमै आन्तरिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कक्षा १ देखी ९ सम्मको नतिजा विधालयको वेभ साइट मार्फत सार्वजनिक गरिएको विधालयका प्रधानाध्यापक कृष्ण प्रसाद पाठकले जानकारी दिए । उनका अनुसार कक्षा ८ को नतिजा स्थानीय तहले सार्वजनिक गर्नेछ ।

नतिजाको व्यग्र प्रतिक्षामा रहेका विधार्थीलाई वेभ साइटमै नतिजा राखिदिएको पाठकको भनाई छ । विधार्थीलाई विधालय लाग्दै कक्षा शिक्षकको सम्पर्क पनि उपलब्ध गराइएको छ, पाठकले भने – वेभ साइटको पहुँच नहुने विधाथीले कक्षा शिक्षकसँग सम्पर्क गरेर पनि आफ्नो नतिजा बुझ्न सक्नेछन् ।
पाठक भन्छन्, केहि विधालयले यसअघि नतिजा सार्वजनिक गरेका छन् । तर, वेभसाइटमा राखिएको छैन । संभवतः झापामै पहिलो पटक हामीले वेभसाइटमा नतिजा सार्वजनिक गरेका हौं । सोहि विधालयका शिक्षक धर्मेन्द्र भट्टराईका अनुसार कक्षा शिक्षक, विधालय प्रशासन, वेभसाइट र फेसबुक पेजबाट पनि नतिजा सुन्न र हेर्न पाइनेछ । रिजल्ट हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।