बैशाख २७, २०८२ शनिबार

प्रहरीले ‘इन्कार’ गर्यो बाबुराम भट्टराईविरुद्धको जाहेरी

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईविरुद्धको जाहेरी काठमाडौँ प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । सोमबार भट्टराईविरुद्ध साइबर अपराधको उजुरी लिएर अनेरास्ववियु संयोजक ऐन महर, रञ्जित तामाङसहितका विद्यार्थी नेता महानगरीय प्रहरी परिसर टेकु पुगेका थिए ।

भट्टराईविरुद्ध साइबर अपराधमा मुद्दा चलाउन प्रमाण नपुग्ने भन्दै अदालतमा ‘गाली बेइज्जती’को मुद्दा दर्ता गर्न सुझाएर विद्यार्थी नेताहरुलाई फर्काइएको परिसरले जनाएको छ ।

नेकपाका सांसदद्धय किशान श्रेष्ठ, महेश बस्नेत र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अपहरण जस्तो गम्भीर आरोप लगाइएको भन्दै विद्यार्थी नेताहरुले भट्टराईविरुद्ध साइबर अपराधमा जाहेरी दिन परिसर पुगेको थियो ।

तर, जाहेरी लिन प्रहरीले इन्कार गर्यो । जनता समाजवादी पार्टीका नेता तथा सांसद डा। सुरेन्द्र यादवलाई बस्नेत, श्रेष्ठ र खनालसहितको समूहले अपहरण गरेर जनकपुरबाट काठमाडौँ ल्याएको आरोप लगाउँदै भट्टराईले फेसबुक र ट्विटरमा लेखेका थिए ।

संसाद अपहरण प्रकरणमा संलग्नलाई विभिन्न विद्यार्थी संगठनले कारबाहीको माग गर्दा महर केपी ओली र महेश बस्नेतलगायतलाई खुसी बनाउन बाबुरामविरुद्ध उजुरी बोकेर प्रहरीमा पगेका देखिन्छ । राज्य सत्ताको गलत कमदका विरुद्ध विद्यार्थी संगठनले खबदारी गर्नुपर्ने बेला महर ओलीको चाकडीमा तल्लिन भएको भन्दै अनेरास्ववियूभित्रै महरको हर्कतको विरोध भइरहेको छ ।

ओलीको पछिल्लो कदमको नेकपाकै शीर्ष नेताले प्रतिवाद गर्दा महरले विद्यर्थी संगठनको गरिमाको नै धज्जी उठाएको अनेरास्ववियूभित्रै गुनासो छ । विद्यार्थी राजनीतिमा बाहुबली परिचय बनाएका महर ओलीलाई रिजाउँदै छोटो समयमै अनेरास्ववियूको संयोजक बनेका थिए ।

सांसद यादवलाई साथमै लिएर आइतबार भट्टराईसहितका जसपाका नेता ‘सांसद अपहरण’को जाहेरी लिएर काठमाडौँ प्रहरीमा पुगेका थिए । सांसद यादवको जाहेरी पनि प्रहरीले ‘इन्कार’ गरेको थियो ।

प्रकाशित मिति : बैशाख १५, २०७७ सोमबार  ९ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]