बैशाख २५, २०८२ बिहीबार

चीनमा खुल्न थाले विद्यालय

एजेन्सी – कोरोनाभाइरसको महामारीपछि चीनको सबैभन्दा ठूलो शहर सांघाईमा विद्यालय खोल्न थालिएको छ। यसअघि नै राजधानी बेइजिङका विद्यालय खुलिसकेका छन्। कोरोनाभाइरसको संक्रमण सुरु भएको मानिएको वुहानमा आगामी ६ मेदेखि हाइस्कुलहरु खोल्ने तयारी छ।

सांघाईका विद्यालयमा अध्ययनर मध्यम र उच्च तहका अन्तिम वर्षका विद्यार्थीलाई विद्यालय बोलाइएको हो। उनीहरुलाई अनिवार्य मास्क लगाउन र व्यक्तिगत दूरी कायम गर्न भनिएको छ। चीनका अन्य भागका विद्यालय भने केही साताअघिबाटै खुलिसकेका छन्।

हाङझोउमा विद्यार्थीलाई दायाँ र बायाँ तेस्रो पारेर घुसारिएको लट्ठीसहितको टोपी लगाउन लगाइएको छ। जसकारण विद्यार्थीले व्यक्तिगत दूरी कायम राख्नुपर्ने कुरा नबिर्सिने त्यहाँका प्रधानाध्यापकले बताएका छन्।

अधिकांश विद्यालयमा गेटमै विद्यार्थीको ज्वरो नापेर मात्र प्रवेश गराइएको छ। विद्यार्थीले आफू सुरक्षित रहेको देखाउन एपमा ‘ग्रिन कोड’ देखाउनुपर्ने नियम पनि बनाइएको छ। यस्तो कोड स्वास्थ्य संस्थाले उपलब्ध गराउँछन्।

बेइजिङमा जुलाईबाट सुरु हुने विश्वविद्यालयको प्रवेश परीक्षाको तयारीका लागि विद्यार्थीलाई अनुमति दिइएको छ। विश्वविद्यालयहरुले नयाँ शैक्षिक सत्रका लागि तयारी गरिरहेको जनाइएको छ।

चीनले गत शुक्रबार यता जम्मा २६ जना मात्र नयाँ संक्रमित भेटिएको जनाएको छ। यो संगै कूल संक्रमित संख्या ८२ हजार ८३० पुगेको छ। वुहानका अस्पतालमा भएका सबै संक्रमित डिस्चार्ज भएपछि शून्य बिरामी भएको यसअघि नै बेइजिङले घोषणा गरिसकेको छ।

प्रकाशित मिति : बैशाख १६, २०७७ मंगलबार  ८ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]