सांसद् चौधरीले उठाइन् गम्भीर पाँच सवाल

बिर्तामोड । नेकपाको प्रभावशाली नेता एव्म सांसद शान्ता चौधरीले अहिले पार्टीमा उब्जिएको समस्याबारे गम्भीर पाँच सवाल उठाएकी छन् ।
उनले सामाजिक सञ्जालमा वर्तमान सरकार ढाल्ने गतिविधि गम्भीर भएको बताउँदै सचेत रहन आग्रह समेत गरेकी छन् । सांसद चौधरीले सरकार ढलेमा जनतामा निराशा आउने, कम्युनिष्ट पार्टी कमजोर बन्ने, प्रतिशोध र बदला लिने खालको अस्वस्थ राजनीति बढ्ने, आगामी निर्वाचनमा कम्युनिष्ट पार्टीको पक्षमा जनमत कमजोर हुने र राजनीतिप्रति बितृष्णा बढ्ने सवाल उठाएकी छन् । पार्टी एकतालाई थप मजबुद बनाउनुको विकल्प नरहेको चौधरीको भनाई छ ।