बुधबारेमा ९४ जनाले गरे रक्तदान
बुद्धशान्ति । बुधबारे जेसीजले लकडाउनको समयमा रगतको अभाव हुन नदिन आज बृहत रक्तदान सम्पन्न गरेको छ ।

जेसीजले बुद्धशान्ति गाउँपालिकाको दुई स्थानमा चलाएको क्याम्पमा ९४ जनाले रक्तदान गरेका छन् । बुद्धशान्ति– १ को तीनतले सामुदायिक बनको सभाहलमा जेसी कुशल अधिकारीको संयोजकत्वमा र बुद्धशान्ति ६ को राधाकृष्ण मन्दिरमा जेसी आयुश निरौलाको संयोजकत्वमा रक्तदान कार्यक्रम सम्पन्न भएको महासचिव दीपेन सिटौलाले जानकारी दिए ।
बुधबारे जेसीजका अध्यक्ष जेसी नन्दकुमार याफु राईको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा उल्लेख्य सहभागिता जनाएकोमा अध्यक्ष जेसी राईले सबैलाई धन्यवाद दिए । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राबिधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी उपशाखा बुद्धशान्तिको समन्वयमा रक्तदान गरिएका हो ।
लकडाउन यता झापामा भएको रक्तदान कार्यक्रममा सबैभन्दा बढी यस कार्यक्रममा रगत संकलन भएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका रक्त सञ्चार केन्द्रका इन्चार्ज शिशिर दाहालले जानकारी दिएका छन् ।