धनकुटामा थप पाँच जनामा कोरोना पुष्टि
धरान । धनकुटामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै धनकुटामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ ।

जिल्ला अस्पतालमा कार्यरत महिलाका कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा पुगेका ८३ जनाको पीसीआर परीक्षणका लागि धरान पठाइएको थियो । आज साँझ ६७ वटा स्वाब परीक्षणको रिपोट सार्वजनिक हुदाँ ४ पुरुष र १ महिलामा कोरोना पुष्टि भएको छ । बाँकीको परीक्षण भइरहेको छ ।