बिर्तामोडले सार्वजनिक गर्यो निर्णय
विर्तामोड । विर्तामोड नगरपालिकाले आज राती १२ बजेबाट लागु हुने गरी लकडाउन कडाई गर्ने भएको छ ।
बिर्तामोड नगरपालिकाले सार्वजनिक गरेको निर्णय अनुसार तरकारी विक्रि वितरण पनि घुम्ति सेवाबाट मात्र गर्न पाइने भएको छ ।
योसँगै अब यस क्षेत्रमा प्रवेश गर्ने सबै नाका शिल गर्ने नगरले जनाएको छ । बिर्तामोडमा स्वास्थ्य सेवा, औषधि पसल, एम्बुलेन्स सेवा र शव बाहन २४ घण्टै खुल्ला रहने छ । दुग्ध उत्पादन विक्रि वितरण, कृषि बिउविजन, मल र पशु उपचार सेवा सञ्चालन गर्न दिने निर्णय भएको छ । बिर्तामोड क्षेत्रभित्र हुने विकास निर्माणको लागि ढुवानीे गर्न नगरको पास अनिवार्य गरिएको छ ।