बैशाख २७, २०८२ शनिबार

दोषीलाई कारबाही नगरे कडा आन्दोलन गर्ने झापाली दलित अगुवाको चेतावनी

बिर्तामोड । पश्चिम रुकुमका नवराज बिकको हत्यामा संलग्नलाई हदैसम्मको कारबाहीको माग गर्दैै पूर्बी नाका काकरभिट्टा बिरोध प्रदर्शन गरिएको छ ।

झापाका कृयाशिल दलित संघसंगठनले दोषीमाथी कारबाहीको माग गर्दै काकरभिट्टामा र्याली आयोजना गरिएको छ । जातीय भेदभावले नेपाली समाज अझै अन्धबिश्वाशमा रहेको पुष्टि गरेको भन्दै दलित अगुवाले रुकुमको घटनामा हत्या गरिएका सबैलाई न्याय दिलाउन माग गरिएको छ ।

प्रेम विवाह गर्न खोज्ने युवालाई कथित तल्लो जाति भएकै कारण हत्या गरिएको दलित अगुवाको भनाइ छ । उनीहरुले यस घटनामा संलग्नलाई उन्मुक्ति दिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

कोणसभामा बोल्दै अधिकाश बक्ताले मानव समाजमा रुकुमले पशुवत व्यवहार देखाएको आरोप लगाए । उनीहरुले बिभेदरहित समाज बनाउन आग्रह गरेका छन् । सो सभालाई दलित अगुवा टीका मग्राती, छबिलाल बिक, ध्रुव कनाल र पत्रकार महासंघ झापाका सचिब सन्तोष आचार्यले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : जेष्ठ १४, २०७७ बुधबार  ४ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]