बैशाख २५, २०८२ बिहीबार

झापाको १५ स्थानीय तहमध्ये पाँच वटामा फैलियो कोरोना

बिर्तामोड । झापाको पाँच स्थानीय तहमा कोरोना भाइरस फैलिसकेको छ । त्यसमध्ये कचनकवलमा उच्च संख्यामा कोरोना संक्रमित फेला परेका छन् । आज मात्रै झापाको दुई स्थानीय तहमा १७ जना संक्रमित थपिए ।

झापाको दमकका पहिलो पटक संक्रमण देखा परेको थियो । कचनकवल ४८, दमक १, बाह्रदशी २, झापा १ र गौरादहमा २ जना संक्रमित भेटिसेकका छन् । त्यसमध्ये २ जनाको उपचार भइसकेको छ । झापाको १५ वटा स्थानीय तहमध्ये पाँच स्थानीय तहमा कोरोना भाइरस संक्रमण फेला परिसकेको छ ।

कोरोना भाइरस संक्रमण देखिएका बाहेकका स्थानीय तहमा अहिले चरम लापरबाही भइरहेको छ । जिल्लाको ठुलो बजार बजार बिर्तामोडका वाणिज्य संघले बजार खोल्न अपील नै सार्वजनिक गरिसकेको छ । संक्रमणको जोखिममा अधिकांश स्थानीय तह भएपनि व्यापारीले बजार खोल्न दवाव दिइरहेका छन् ।

प्रकाशित मिति : जेष्ठ १४, २०७७ बुधबार  ९ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]