२ बजे मन्त्रिपरिषद् बैठक
काठमाडौँ । सरकारले संसदमा आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्को बैठक बस्दैछ । बिहीबार दिउँसो २ बजे बैठक बस्न लागेको हो ।
बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्बाट स्वीकृति लिनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार मन्त्रिपरिषद् बैठक डाकिएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने मन्त्रीपरिषद बैठकमा कोरोना भाइरस नियन्त्रण, जारी लकडाउनलगायतका विषयमा छलफल हुँदैछ ।
त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओली दिउँसो १ बजे राष्ट्रिय योजना आयोगको बैठकमा सहभागी हुने उनका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए ।