बैशाख २८, २०८२ आईतबार

नेकपा सचिवालय बैठकमा एमसीसीबारे छलफल

काठमाडौँ । नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ । बैठकमा सरकारले प्रस्तुत गरेको बजेटको अनुसूचीमा एमसीसीसम्बन्धी योजनाबारे उल्लेख भएको विषयमा थप स्पष्ट गर्नुपर्ने विषयमा छलफल भएको थियो ।

एमसीसी सम्झौता हाल संसदमा विचाराधीन रहेको र संसदले त्यसलाई अनुमोदन गरेमा सोही अनुसार जाने र अनुमोदन नभए सरकारले आवश्यक वैकल्पिक उपायबारे सोचेर अघि बढ्ने कुरा अर्थमन्त्रीले बैठकमा जानकारी गराउनुभएकाे बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारलाई बताउनुभयो । अर्थमन्त्रीले सोही कुरा संसदलाई पनि जानकारी गराउने बताउनुभएको जानकारी गराउनुभयो ।

साथै समग्र एमसीसीका बारेमा पार्टीले गठन गरेको समितिबाट अध्ययन प्रतिवेदन प्राप्त भई सकेको र त्यसलाई नेताहरूले अध्ययन गरी सचिवालय बैठकमा छलफल गरी निष्कर्षमा पुग्ने सहमति भएको पनि उहाँले जानकारी दिनुभयाे ।

सचिवालय बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा. युवराज खतिवडा र स्थायी कमिटी सदस्य भीमबहादुर रावल पनि आमन्त्रित हुनुहुन्थ्याे ।

प्रकाशित मिति : जेष्ठ १७, २०७७ शनिबार  १ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]